सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि नेकपा एमालेमा संकट फेरि गहिरिएको छ । एमालेका दुवै पक्षका नेताहरु फेरि एकअर्कासँग छलफलमा केन्द्रित हुन थालेका छन् ।
पार्टीमा एकता कायम गर्न भन्दै केही नेताहरु लागेका छन् । तर, अहिले तत्काल एमालेमा देखिएको खटपट समाधान हुनसक्ने सम्भावना छैन ।
पछिल्लो समय पार्टी एकताका लागि आवाज उठाइरहेका नेकपा एमाले उपाध्यक्ष वामदेव गौतम बुधबार विहान एकताबारे छलफल गर्न कोटेश्वरमा माधवकुमार नेपाल निवास पुगेका छन् ।
उनले माधवकुमार नेपालसँग पार्टीको पछिल्लो परिस्थिति र फेरिएको राजनीतिबारे छलफल गरेको स्रोतले फरकधारलाई जानकारी दिएको छ ।
एमालेमा मंगलबारका लागि बोलाइएको स्थायी कमिटी बैठक स्थगित गरिएको थियो । अब यो बैठक आज बोलाउन सकिने सम्भावना रहेको बताइएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।