विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्क वापतको रकम विद्यार्थीकै हितमा लगाउनका लागि नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले माग गरेको छ । इक्यानले एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो ।
वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले शिक्षा सेवा शुल्क तिरेको रकम विद्यार्थीकै हितमा लगाउन इक्यानले माग गरेको हो । शिक्षा सेवा शुल्कवापत विदेशमा पढ्न जाने हरेक विद्यार्थीले २ प्रतिशतका दरले तिर्दै आएका छन् ।
विद्यार्थीले तिरेको सोही २ प्रतिशत रकम उनीहरुकै हितमा प्रयोग हुनुपर्ने भन्दै इक्यानले विज्ञप्तिमार्फत माग गरेको हो ।
यसअघि, सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत शिक्षाका लागि विदेश जान लागेका तर जान नपाएका विद्यार्थीको हकमा उनीहरुको शिक्षा शुल्क वापतको रकम फिर्ता हुने घोषणा गरिसकेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।