नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणबाट १४ खेलाडीलाई बाहिर राखेका छन् ।
प्रशिक्षक अलमुताइरीले साफ च्याम्पियनसिप तथा एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि बन्द प्रशिक्षकमा बोलाइएको ५० सदस्यीय टोलीबाट १४ खेलाडीलाई बाहिर पठाएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
चोटको शल्यक्रियापछि भर्खरै मैदान फर्किएका बिक्रम लामाले भने टोलीसँग प्रशिक्षण गरिरहेका छन् । यदि पूर्ण रूपमा फिट भएमा उनलाई टोलीमा समावेश गरिने एन्फाले बताएको छ ।
बन्द प्रशिक्षणबाट बाहिरिएका खेलाडी
सेसेहाङ आङदेम्बे, रवि पासवान, मिक्छेन तामाङ, विशाल सुनार, अमित तामाङ, शिशिर लेखी, सुदील राई, विवेक बस्नेत, दर्शन गुरुङ, प्रिजेन तामाङ, डोना थापा, गौरव बुढाथोकी, निशान खड्का र निरज बस्नेत ।
बन्द प्रशिक्षणमा रहेका खेलाडी
किरण चेम्जोङ, विकेश कुथु, अर्पण कार्की, विशाल श्रेष्ठ, आशिष लामा, अनन्त तामाङ, रोहित चन्द, अञ्जन विष्ट, अभिषेक रिजाल, आयुष घलान, भरत खवास, सुजल श्रेष्ठ, विशाल राई, दिनेश राजवंशी, रञ्जित धिमाल, गौतम श्रेष्ठ, एरिक विष्ट, जर्ज प्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, नितिन थापा, राजन गुरुङ, राजिव लोप्चन, रनदिप पौडेल, सन्जोग राई, सन्तोष तामाङ, सुमन अर्याल, सुनिल बल, सुरज ज्यु ठकुरी, सुमन लामा, तेज तामाङ, त्रिदेभ गुरुङ र दिप कार्की
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।