कर्णाली प्रदेश सरकारले साउन १ गते प्रदेशभर बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले ‘साउने संक्रान्ति तथा देउडा पर्व’को अवसरमा बिदा दिने निर्णय गरेको हो ।
प्रदेश सरकारको २०७८ वैशाख १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले साउन एक गते प्रदेशका सबै सरकारी तथा सार्वजनिक कार्यालय, शैक्षिक संस्था, बैंक तथा वित्तिय संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कर्णाली प्रदेशका प्रवक्ता तुलबहादुर खड्काले जानकारी दिए ।
खड्काले बुधबार एक सूचना सार्वजनिक गर्दै सार्वजनिक साउन १ गते सार्वजनिक बिदा भएको जानकारी गराए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।