बागमती प्रदेशमा करिब ७० प्रतिशत रोपाइँ सकियो

बागमती प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को असार महिनाको हालसम्म ६९ प्रतिशत रोपाइँ सकिएको छ । बागमती प्रदेशको अन्न भण्डारको रुपमा चिनिने चितवनमा ६८ प्रतिशत रोपाइँ सकिएको छ । 

चितवनमा धान खेती हुने २८ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये २० हजार ५ सय ९० हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका कृषि अधिकृत दिपेन्द्रमणि लामिछानेले जानकारी दिए । 

मकवानपुरमा ७२ प्रतिशत सकियो रोपाइँ
मकवानपुर जिल्लामा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ८ हजार हेक्टर क्षेत्रफलमा (७२ प्रतिशत) रोपाइँ सकिएको छ । त्यस्तै, नुवाकोटमा १४ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ हजार ३ सय ५० हेक्टर क्षेत्रफलमा (३१ प्रतिशत) रोपाइँ सकिएको छ ।

रसुवामा १ हजार ९३ हेक्टर क्षेत्रफलमध्ये ३५ प्रतिशत रोपाइँ सकिएको छ । यसैगरी, ललितपुरमा ४ हजार ६ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार १ सय ४० हेक्टर क्षेत्रफलमा (९० प्रतिशत) रोपाइँ सकिएको छ । 

भक्तपुरमा ४ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये ४ हजार ८५ हेक्टर क्षेत्रफलमा (९५ प्रतिशत) रोपाइँ सकिएको छ । काठमाडौंमा ७ हजार ८ सय ८० हेक्टर क्षेत्रफलमध्ये ७ हजार ९२ हेक्टर क्षेत्रफलमा (९० प्रतिशत) रोपाइँ सकिएको छ । 

काभ्रेपलाञ्चोकमा ११ हजार हेक्टर क्षेत्रफलमध्ये ८ हजार १ सय ५० हेक्टर क्षेत्रफल क्षेत्रफलमा (४८ प्रतिशत) रोपाइँ सकिएको छ । त्यसैगरी, सिन्धुपाल्चोकमा १२ हजार २ सय ३५ हेक्टर क्षेत्रफलमध्ये ६ हजार १ सय ५ दशमलव ७५ हेक्टर क्षेत्रफलमा (४७ प्रतिशत) रोपाइँ सकिएको छ । 



रामेछापमा ८ हजार ८ सय १० हेक्टर क्षेत्रफलमध्ये ५ हजार ५ सय ३३ दशमलव ६ हेक्टर क्षेत्रफलमा (५८ प्रतिशत) धान रोपेर सकिएको छ । दोलखामा २ हजार ९ सय २० हेक्टर क्षेत्रफलमध्ये २ हजार ३ सय ८५.६ हेक्टर क्षेत्रफलमा (६९ प्रतिशत) रोपाइँ सकिएको छ । 

त्यस्तै, सिन्धुलीमा १५ हजार ३ सय हेक्टर क्षेत्रफलमध्ये १० हजार ९ सय ४५ हेक्टर क्षेत्रफलमा (६९ प्रतिशत) रोपाइँ सकिएको छ । धादिङमा १२ हजार हेक्टर क्षेत्रफलमध्ये ५ हजार ८ सय हेक्टर क्षेत्रफलमा (४२ प्रतिशत) रोपाइँ सकिएको छ । 



धादिङमा सबै भन्दा थोरै क्षेत्रमा धान रोपिएको छ भने सबैभन्दा बढी भक्तपुरमा रोपाइँ भएको छ ।

८२ हजार ६ सय ५९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकियो
प्रदेशका १३ वटा जिल्लामा १ लाख ३२ हजार २ सय ३८ हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्छ । त्यसमध्ये ८२ हजार ६ सय ५९ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस प्रदेशमा ४२ हजार हेक्टरमा अझै रोपाइँ गर्न बाँकी छ । 

गत वर्ष बागमती प्रदेशमा यही अवधिमा ५२.२ प्रतिशत मात्र रोपाइँ भएको लामिछानेले जानकारी दिए । यो वर्ष चाडै नै मनसुन भित्रिएको र मनसुनको सुरुवातमै भारी वर्षा भएकाले गत वर्षको तुलनामा यो अवधिमा बढी क्षेत्रफलमा रोपाइँ भएको उनले बताए ।

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार १८:०:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया