नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार बालुवाटारस्थित ललितानिवास जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा १० लाख धरौटीमा रिहा भएका छन् ।
मुद्दा परेसँगै फरार रहेका गच्छदार कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री बनेपछि आज विशेष अदालतमा उपस्थित भएका थिए । विशेषबाट उनी १० लाख धरौटीमा रिहा भएका हुन् ।
फरार रहेका गच्छदार आज आफै उपस्थित भएपछि विशेष अदालतले धरौटीमा रिहा गरेको हो । थुनछेक बहसपछि विशेषले गच्छदारलाई १० लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएको अदालतले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।