प्रचण्ड निवासबाट एउटा तस्वीर जसलाई शब्दमा...

कुनै समय विद्रोहको ‘सिनोनिम’ थियो एउटा नाम प्रचण्ड । पुष्पकमल दाहाल ‘प्रचण्ड’ लामो समय छद्म नाम होला भन्ने कल्पना पनि गरिएको थियो ।

तर, वर्षौपछि त्यही विद्रोही नामलाई उनकै सहयात्रीहरुले संज्ञा दिए, गद्दार । यसरी प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई विचलित बनाएको र सम्झौतावादी भएको भन्ने अर्का नेता हुन्, नेत्रविक्रम चन्द विप्लव ।

केही समयअघि जब विप्लव नेतृत्वको नेकपा माओवादी खुला राजनीतिमा आयो, फरकधारका रुपक चाैलागाई‌ले प्रकाण्डसँग लिएको अन्तर्वार्तामा प्रश्न सोधेका थिए– के तपाईंहरु स्खलित हुनुभएको हो ? सँगै अर्को प्रश्न थियो– के तपाईंहरु कुनै दिन प्रचण्डसँग मिल्न जानुहुन्छ ?

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका प्रवक्ता खड्गप्रसाद विश्वकर्मा ‘प्रकाण्ड’ले त्यति बेला आफूहरु अब फर्किएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकहाँ नजाने र प्रचण्डले बाटो बिराएको बताएका थिए । 

तर, अब सत्तासिन दलहरुमध्ये एउटा भएको छ, प्रचण्डको दल माओवादी केन्द्र । 

माओवादी केन्द्र र अन्य चार दलको सहयोगमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन् । माओवादी केन्द्रले यो सरकारमा महत्वपूर्ण स्थानहरुमा आफ्नो दाबी अगाडि सारेको छ । त्यसैले पनि हुनुपर्छ, राजनीतिक समीकरण फेरिएको प्रसंग राम्रोसँग बुझेका छन्, नेत्रविक्रम चन्द विप्लवले ।



केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पक्राउ परेका आफ्ना कार्यकर्ता छुटाउन अनुरोध गरिरहेका विप्लव अब खुला राजनीति र संसदीय पोलिटिक्स बलियो बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भेट्न पुगेका छन् ।



बुधबार प्रचण्ड निवासमा विप्लवले प्रचण्डसँको भेटसँग केही राजनीतिक कुराहरु गरे होलान्, केही बार्गेनिङ र सहकार्यको विषयमा छलफल गरे होलान् । तर, ‘कुनै समयका विद्रोही’ र आफूलाई अहिलेको पनि विद्रोही भन्ने विप्लवको यो भेटबाट राजनीतिक विषयमा होइन, एउटा फरक विषयमा यहाँ चर्चा गर्न खोजिएको छ ।

पछिल्ला महिना प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्था ठिक छैन । केहीअघि उनलाई उपचारका लागि अमेरिका पनि लगिएको थियो । तर, उनको स्वास्थ्यमा उल्लेख्य सुधार हुन सकेको छैन । केही महिनाअघि दुई छोरीसँगको उनको तस्वीरले त्यसैले पनि निकै चर्चा पाएको थियो ।

बुधबार प्रचण्डनिवास पुगेका विप्लवले सीता दाहालसँग भेट गरेको माथिको तस्वीरले सीताको अवस्था झन् बिग्रिएको स्पष्ट देखाउँछ । हिजो सशस्त्र युद्धको समयमा विप्लवले जुन सीता दाहाललाई देखेका थिए, अहिले उनको त्यो अवस्था छैन । बिग्रिएको स्वास्थ्य र जीर्ण बनेको शरीर लिएर सीताले अहिले फेरिएको राजनीतिलाई कसरी हेरिरहेकी होलिन्, उनले विप्लवलाई कसरी हेरिन् होला ?

के यो तस्वीरले यी प्रश्नहरुको उत्तर दिन सक्ला ?

  • प्रकाशित मिति : असार ३०, २०७८ बुधबार २०:४०:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया