दाङको देउखुरी क्षेत्रमा डुबान हुनसक्ने
फरकधार / ३१ असार, २०७८
फाइल फाेटाे

जल तथा मौसम विज्ञान विभागले दाङको देउखुरी क्षेत्रमा डुबान हुनसक्ने भन्दै सो क्षेत्रका मानिसलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले सूचना जारी गरी सतर्कता अपनाउन आग्रह गरेको हो ।

सूचनामा लेखिएको छ,‘दाङको देउखुरी क्षेत्रमा पछिल्लो तीन घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्र भइ बहने ससाना खोलाहरूमा आकस्मिक बहाव हुने सम्भावना भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने क्षेत्रहरूमा दिउँसैसम्म सतर्कता अपनाऔँ ।’

यसै गरी विभागले डोटीस्थित खुटिया खोला मुदिभारमा आकस्मिक बहाव भई जलसतहले खतरा तह पार गरेकाले तटीय क्षेत्रहरूमा दिउँसो सम्म सतर्कता अपनाउन पनि आग्रह गरेकाे छ । 

  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ७:४४:८,   अन्तिम अपडेट : असार ३१, २०७८ बिहीबार ७:५०:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया