२७ माघ, २०८२ मंगलबार
Feb. 10, 2026

कर्णाली प्रदेश सभाको अधिवेशन अन्त्य, अध्यादेशबाट बजेट ल्याउने तयारी

कर्णाली प्रदेश सभाको आठौं अधिवेशन मध्यरातमा अन्त्य गरिएको छ । 

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सिफारिसमा प्रदेश प्रमुख गोविन्दप्रसाद कनौलीले प्रदेश सभाको अधिवेशन अन्त्य गरेका हुन् । उनले गए राति १२ बजेदेखि लागू हुने गरि अहिले चलिरहेको आठौं अधिवेशन अन्त्य गरेको घोषणा गरेका छन् ।



अधिवेशन अन्त्य भएपछि अब कर्णालीको आगामि आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने सरकारको तयारी रहेको छ ।

प्रदेशसभामा नेकपा एमाले सांसदहरुले लगातार सभा अवरुद्ध गरेका थिए । यही कारण त्यहाँको सरकारले अध्यादेशबाट बजेट ल्याउने तयारी गरेको हो । 



एमाले सांसदहरुले अवरुद्ध गरेकाले प्रदेश सभाले बजेट पारित गर्न सकेको थिएन । 

१ साउनबाट बजेट कार्यान्वयन गर्नु पर्ने भएकाले सरकारले अध्यादेशबाट पनि बजेट ल्याउने तयारी गरेको हो ।



  • प्रकाशित मिति : ३१ असार, २०७८ बिहीबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

मल्टिमिडिया