बार्सिलोनामै रहन मेस्सी आफ्नो तलबको ५० प्रतिशत कटौती गर्न तयार

जुनको अन्त्यसँगै फ्रि-एजेन्ट बनेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी क्लबसँगको नयाँ सम्झौता नजिक पुगेका छन् ।

स्पेनिस सञ्चारमाध्यममा आएका समाचार अनुसार मेस्सी बार्सिलोनामै रहन आफ्नो तलबको ५० प्रतिशत कटौती गर्न पनि तयार भएका छन् ।

स्पेनिस पत्रिका एल स्पाेर्ट्सटिउका अनुसार मेस्सी र क्लबबीच नयाँ सम्झौतामा हस्ताक्षर भइसकेको र औपचारिक रूपमा घोषणा हुन मात्र बाँकी छ ।

मेस्सी र बार्सिलोनाबीच सम्झौता भएको आधिकारिक रूपमा पुष्टि हुन अझै केही दिन लाग्न सक्ने बताइएको छ । ट्रान्सफर समय अझै बाँकी रहेकाले यसलाई सन्तुलित बनाउन समय लिइएको हुनसक्ने अनुमान गरिएको छ ।

मेस्सी आगामी सिजन पनि बार्सिलोनामै रहने लगभग पक्का भइसकेको छ । उनी र क्लबबीच कम्तीमा पनि ५ वर्षका लागि नयाँ सम्झौता हुने अनुमान गरिएको छ ।

३४ वर्षीय मेस्सीको विषयमा क्लबका अध्यक्ष जोन लोपार्टा र मुख्य प्रशिक्षक रोनाल्ड कोम्यान सकारात्मक देखिएका छन् ।



पहिल्यैदेखि मेस्सी क्याम नोउमै रहने बताउँदै आएका उनीहरू केही दिनअघि फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) ले मेस्सीलाई नभित्र्याउने बताएपछि खुसी देखिएका थिए ।  
 



  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ८:४७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया