मोटरसाइकल दुर्घटनामा परी एक जनप्रतिनिधिको मृत्यु
सांकेतिक फोटो

इलाममा मोटरसाइकल दुर्घटनामा परी एक जनप्रतिनिधिको मृत्यु भएको छ। इलाम माङसेबुङ गाउँपालिका–४ का वडा सदस्य धनबहादुर राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

प्रहरीका अनुसार ३६ वर्षीय राई बुधबार साँझ दमक रवि सडकखण्डमा दुर्घटनामा परेका हुन् ।  आफैँले चलाएको मे ८ प ६०४ नम्बरको मोटरसाइकलबाट घरतर्फ जाँदै थिए।

मोटरसाइकल अनियन्त्रित सडकबाट करिब १०० मिटर तल खसेको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि झापाको बिएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पु¥याएपछि उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् । 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार ११:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया