पाँच विद्यार्थी संगठनको गरे भाडा वृद्धिको विरोध

सरकारले सार्वजनिक यातायातमा गरेको भाडा वृद्धिको पाँच  विद्यार्थी संगठनले विरोध गरेका छन् । उनीहरूले भाडा वृद्धि फिर्ता लिन आग्रह गरेका छन् । सरकारले गरेको यो गरिबमारा निर्णय फिर्ता नलिए कडा संघर्षमा उत्रने चेतावनी पनि उनीहरुले दिएका छन् । 

पाँच विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको स्वचालित मूल्यप्रणालीलाई इमानदारीपूर्वक कार्यान्वयन नभएकोमा समेत विरोध जनाएका छन् । उनीहरुले पेट्रोलियम पदार्थमा लगाइएको कर र अन्य कतिपय असान्दर्भिक शीर्षकमा उठाउने रकम घटाएर थप मूल्य घटाउन र एलपी ग्यासमा दुई रङ्गको सिलिन्डर बनाई विद्यार्थीलाई परिचयपत्रका आधारमा तत्काल सहुलियत दरमा उपलब्ध गराउन माग गरेका छन् ।

पाँच  विद्यार्थी संगठनले  बिहीबार निकालेको विज्ञप्तिमा निवर्तमान शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले पदबाट बिदा लिँदै गर्दा विदेशी विश्वविद्यालयको सम्बन्धनमा खुलेका कलेजहरूको ठाउँ, नाम र विश्वविद्यालय परिवर्तन (स्विचिङ) गर्ने नाममा रातारात ठूलो आर्थिक चलखेल र अनियमिता भएको पाइएको उल्लेख गरेका छन् । उनीहरूले तोकिएको मापदण्ड र निर्देशिका विपरीतको अवैध प्रक्रिया तत्काल रोक्न र घोटालामा संलग्नहरुलाई छानबिन गरी कारबाही गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १५:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया