माधव समूहले गठन गर्यो अखिल फोर्स

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियूमा वरिष्ठ नेता माधव कुमार नेपाल नेतृत्वको असन्तुष्ट पक्षले अखिल फोर्स गठन गरेको छ । 

अनेरास्ववियूले आज प्रदर्शनीमार्गस्थित आरआर क्याम्पस​मा गरेको उपत्यका स्तरीय विद्यार्थी भेलाले अखिल फोर्स गठन गर्ने निर्णय गरेको हो । 

अखिल फोर्सको नेतृत्व आरआर क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियनका सभापति तपेन्द्रजंग शाहीले गर्ने निर्णय भेलाले गरेको छ । 

शाहीको नेतृत्वमा १ हजार १ सदस्य रहनेगरी फोर्सको गठन भएको शाहीले फरकधारलाई बताए । एक साताभित्र फोर्स गठन प्रक्रिया पूरा हुने उनले बताए । 





  • प्रकाशित मिति : असार ३१, २०७८ बिहीबार १६:४४:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया