काठमाडौं उपत्यकामा थप ५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उपत्यकाका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणपश्चात् थप ५५३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये काठमाडौंमा ३३९, ललितपुरमा १३४ र भक्तपुरमा ८० जना रहेका छन्।
पछिल्लो २४ घन्टामा देशभर दुई हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।