बजेट फेल हुने भएपछि रातारात प्रदेशसभा अधिवेशन अन्त्य
फरकधार / १ साउन, २०७८
फाइल फोटो

लुम्बिनी प्रदेशसभाको अधिवेशन बिहीबार मध्यराति अन्त्य भएको छ । प्रदेश सरकारले  प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि अधिवेशन अन्त्य गरिएको हो ।

बजेटमाथिको छलफल, त्यसपछि त्यसमा उठेका विषयमाथि मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिने कार्यक्रम पनि सकिएको थियो । अब बजेट पास गर्नका लागि मतदान गर्न बाँकी थियो । 

बजेट अस्वीकृत हुने देखेपछि मुख्यमन्त्री पोखरेलसहित एमालेका प्रदेशसभा सदस्यले बिहीबारको बैठक नै बहिस्कार गरेका थिए । सभामुखले बैठक शुक्रबार १ बजेका लागि बोलाएका थिए । मुख्यमन्त्री पोखरेलले राति नै प्रदेशसभाको अधिवेशन अन्त्य गरिदिए ।  

 

  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार ९:१९:३७,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया