पोखराका मेयरलाई मस्तिष्कघात, हेलिकप्टरबाट काठमाडौं ल्याइँदै
फरकधार / १ साउन, २०७८

पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मस्तिष्क घात भएको छ। शुक्रबार बिहान मस्तिष्क घात भएपछि उनलाई उपचारका लाथि काठमाडौं ल्याइँदै छ । 

उनलाई हेलिकप्टरबाट काठमाडौंको न्यूरो अस्पतालमा ल्याउने तयारी भइरहेको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन् 

 उनलाई पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो। बरालका अनुसार उनको स्वास्थ्य जटिल भने छैन । नसामा रगत रोकिएका कारण शरीरको देब्रे भाग चलाउन समस्या भइरहेको छ । जिसीलाई उच्च रक्तचापको समस्या थियो । 

  • प्रकाशित मिति : साउन १, २०७८ शुक्रबार १०:७:२४,   अन्तिम अपडेट : साउन १, २०७८ शुक्रबार १०:९:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया