पछिल्लो हप्ता चीनबाट आयात गरिएको ८ लाख डोज खोप सकिएपछि काठमाडौं उपत्यकामा खोप कार्यक्रम रोकिएको छ ।
साउन २ गतेसम्म लगाउने भनिएको भेरोसेलको मात्रा सकिएपछि खोप कार्यक्रम स्थगित भएको छ ।
खोप लगाउँदै गर्दा खोप केन्द्रमा खोप सकिएको जानकारी प्राप्त भएपछि खोप कार्यक्रम रोकिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सूचना प्रमुख नवराज गौतमले जानकारी दिएका छन् ।
'अस्पतालमा खोप सकिएलगत्तै हामीले खोपका लागि फोन गरेका थियौँ । खोप संकलन तथा वितरण विभागले संचित खोप सकिएको जानकारी दिएपछि हामीले खोप कार्यक्रम रोकेर मानिसहरुलाई घर फर्काएका हाैँ', उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।