विश्वभर कोरोना भाइरसबाट ४० लाख ७४ हजारको मृत्यु

कोरोना भाइरसको सन्त्रास सारा संसारभर फैलिएको छ । सन् २०१९ को डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका अनेकन भेरियन्ट देखा परेका छन् । भाइरसले रोकिने नाम लिएको छैन ।

जोन्स होप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर कोरोना भाइरसबाट ४० लाख ७४ हजार २४९ जनाको ज्यान गइसकेको छ । यसै गरी १८ करोड ९४ लाख ४८ हजार ३३० जनामा संक्रमण पुष्टि भइसकेको छ ।

भाइरसबाट सबैभन्दा धेरै प्रभावित मुलुक हो- अमेरिका । अमेरिकामा हालसम्म ६ लाख ८ हजार ८१२ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड ४० लाख ५२ हजार ४३३ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

अमेरिकापछि ब्राजिलमा मर्नेहरूको संख्या अत्यधिक रहेको छ । ब्राजिलमा हालसम्म ४ लाख १२ हजार ५३१ जना संक्रमितले ज्यान गुमाइसकेका छन् । हालसम्म ब्राजिलमा १ करोड ९३ लाख ८ हजार १०९ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

छिमेकी मुलुक भारत संक्रमितका हिसाबले विश्वको दोस्रो र मृत्युका हिसाबले तेस्रो स्थानमा छ । भारतमा हालसम्म ४ लाख १२ हजार ५३१ जनाले ज्यान गुमाइसकेका छन् भने ३ करोड १० लाख २६ हजार ८२९ जनामा संक्रमण पुष्टि भइसकेको छ । 

यसै गरी मेक्सिकोमा २ लाख ३५ हजार ७४०, पेरुमा १ लाख ९४ हजार ८४९, रसियामा १ लाख ४४ हजार ४४६, बेलायतमा १ लाख २८ हजार ९१३, इटालीमा १ लाख २७ हजार ८५१ र कोलम्बियामा १ लाख १५ हजार ३३३ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।
 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार ९:१८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया