जर्मनी, बेल्जियम, नेदरल्यान्ड लगायतका पश्चिमी युरोपका देशमा अविरल वर्षाका कारण आएको बाढीमा परी कम्तीमा १२० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यसै गरी बाढीमा परी हजारौँ मानिस बेपत्ता भएका छन् ।
युरोपका यी देशमा दशकौँपछि यसरी पहिलो पटक भीषण वर्षा भएको बताइएको छ ।
ग्रामीण भेगका धेरै घर बाढीले गर्दा भत्किएका छन् । धेरै ठाउँमा मोबाइल सम्पर्क टुटेको छ ।
जर्मनीमा बाढीमा परी मर्नेहरूको संख्या सयभन्दा धेरै छन् । बेल्जियममा २२ जनाले ज्यान गुमाइसकेका छन् ।
जर्मनीको राइनल्यान्ड-पालाटिनेट र नर्थ-वेस्टफालिया सबैभन्दा बढी प्रभावित भएको छ ।
अधिकारीहरूले जलवायु परिवर्तनको कारणले गर्दा भीषण वर्षा भएको दावी गरेका छन् ।
बेपत्ता भएकाहरूको खोजी कार्य जारी छ । बाढीपीडितलाई सुरक्षित स्थानतर्फ लगिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।