कांग्रेस महाधिवेशन : क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा क्रियाशील सदस्यको छानविन अन्तिम चरणमा पुगेको बताएका छन् । ७५ जिल्लाहरुबाट पठाइएका क्रियाशील सदस्यहरुको फाइल हेरेर छानविन प्रक्रिया टुंगिएको अवस्थामा पु¥याइएको नेता पौडेलले बताए । 

अबको केही दिनमै बाँकी रहेका केही जिल्ला र क्षेत्रहरुको पनि छानविन गरेर प्रधानमन्त्री तथा पार्टी सभापति शेर बहादुर देउवालाई बुझाउने निर्णय भएको बताउँदै पौडेलले पार्टीको १४ औँ महाधिवेशनमा ८ लाख ५२ हजार क्रियाशील सदस्यको इन्ट्री भएको बताए । 

तर, यसमा कतिपय सदस्य उजुरीका आधारमा हट्नेछन् भने केही वडामा थपिन पनि सक्छन् । अहिलेसम्म जनसम्पर्क समितिका क्रियाशील सदस्यता नआइसकेकोले ८ लाख ५० हजार क्रियाशील सदस्य कायम हुनसक्ने नेता पौडेलको भनाइ छ ।

साथै, पुरानो कार्यतालिका पनि केही फेरबदल हुनसक्ने र अब टेक्निकल पाटोको मात्रै काम बाँकी रहेको नेता पौडेलले बताए । ‘३४ दिनमा क्रियाशील सदस्यहरुको हार्डकपी बुझाउँछौँ, सभापतिले केन्द्रीय समितिमा राखेपछि समितिबाट पास हुँदै निर्वाचन समिति र त्यहाँबाट वडामा जानेछ’, पौडेलले भने ।

क्रियाशील सदस्यता प्रारम्भिक मतदाता नियमावली भएकोले यो टुंगिएपछि धेरै काम सकिने र महाधिवेशनको काम चलिरहने नेता पौडेलले बताए । क्रियाशील सदस्यका लागि अधिकांश विषय सहमतिमै टुंगिसकेको र यसबाट नटुंगिएको मापदण्डबाट टुङ्ग्याएको बताउँदै नेता पौडेलले मर्यादा उल्लंघन गरेर असहमति जनाउने विषयलाई कडाइका साथ रोक्नुपर्ने बताए । 

सहमति र मापदण्ड दुवैबाट नटुंगिएको पदाधिकारीहरुकोमा पठाइएको र यसरी नेताहरुकोमा पठाउने वडाको संख्या ७० भन्दा बढी रहेको नेता पौडेलको भनाइ छ । 





  • प्रकाशित मिति : साउन २, २०७८ शनिबार १६:०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया