१० वर्षीया सफलताले गाइन् ‘म हुँ नेपाली’

संगीतकार सन्तोष श्रेष्ठकी १० वर्षीया छोरी पनि गायनमा आएकी छिन् । उनकी छोरी सफलता श्रेष्ठले ‘म हुँ नेपाली’ बोलको राष्ट्रिय गीत गाएकी छिन् ।

उक्त गीत संगीतकार श्रेष्ठले नै लेखेका छन् । देवेन्द्र नेवाले संगीत संयोजन गरेको गीतमा श्रेष्ठले नै संगीत गरेका छन् ।

६ कक्षामा अध्ययनरत १० वर्षीया सफलताले सार्वजनिक गरेको गीतको म्युजिक भिडियोमा अभिनय समेत गरेकी छिन् । पहिलो पटक गीत गाएकी सफलताले म्युजिक भिडियोमा पनि काम गर्न सक्ने सम्भावना देखाएकी छिन् । 

सार्वजनिक गीतको म्युजिक भिडियो निर्देशन हेम प्रभास अधिकारीले गरेका हुन् । समीर थकोरको कोरियोग्राफी रहेको सो गीतको भिडियो छायांकन अजय रेग्मीले गरेका हुन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहले गरेका छन् । 

 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:२९:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया