शंकर पोखरेलले भने-तीन महिनाको मेहनत खेर गयो
फाइल फोटो

नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् एमाले एकता कार्यदल सदस्य शंकर पोखरेलले पार्टीका वरिष्ट नेता माधवकुमार नेपालले कार्यदलको प्रतिवेदनमा अहसमति जनाएको बताएका छन्। 

पोखरेलले फेसबुकमा स्ट्याटस लेख्दै तीन महिनाको मेहनत खेर गएको उल्लेख गरेका छन्। 

‘माधव नेपालले कार्यदलको प्रतिवेदनमा असहमति जनाए सँगै तीन महिनाको मेहनत खेर गयो’ पोखरेलले लेखेका छन्। 

एमालेको कार्यदलमा रहेका सदस्यहरुले बिहान माधवकुमार नेपालसँग कोटेश्वर स्थित निवासमा भेट गरेका थिए। नेकपा एमालेको माधवकुमार नेपाल र प्रधानमन्त्री केपी शर्मा ओली पक्षलाई मिलाउन कार्यदल गठन भएको थियो।

दश सदस्यीय कार्यदलले असार २७ गते मिलेर अघि बढ्ने सहमति गरेको थियो। तर नेता नेपालले सहमतिलाई अस्वीकार गर्दै आएका छन्।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया