मौद्रिक नीति समयमै आउँछ, तयारी भइरहेको छ : राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/०७९ को मौद्रिक नीति निर्माणको क्रममै रहेकाले उपयुक्त समयमा ल्याइने बताएको छ । 

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता देव कुमार ढकालले मौद्रिक नीति ल्याउने सन्दर्भमा सरोकारवालाहरुसँग छलफल भइरहेको भन्दै उपयुक्त समयमा ल्याइने बताए । 

प्रवक्ता ढकालले नीतिका विषयमा पूर्व गर्भनरहरुसँग छलफल गर्न बाँकी नै रहेको पनि बताए । सुझाव संकलन गरिरहेको र आन्तरिक तयारी गरिरहेको ढकालले बताए । 

ढकालले भने, ‘आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति निर्माणको क्रममा विभिन्न सरोकारवाला निकायहरुसँग सुझाव संकलन गर्ने कार्य हामीले सम्पन्न गरिसकेका छौँ । एक दुईवटा सरोकारवाला खासगरी पूर्व गर्भनरज्यूहरुसँग सुझाव संकलन गर्ने काम बाँकी छ । र, सो सुझाव संकलनको आधारमा हामीले मौद्रीक नीतिको निर्माणको आन्तरिक तयारी पनि सँगसँगै गरिरहेको अवस्था छ ।’

सरकारले आर्थिक वर्ष २०७८/०७९ बजेट अध्यादेशबाट ल्याएको र हाल सरकारसमेत परिवर्तन भएको सन्दर्भमा मौद्रिक नीति कहिले आउँछ भन्ने चासोको विषय बनेको छ ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १३:५४:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया