logo-img

डिजिटल भुक्तानीका लागि एनएमबी बैंक र समाज कल्याण परिषदबीच समझदारी

एनएमबी बैंक र समाज कल्याण परिषदबीच डिजिटल भुक्तानीको लागि द्विपक्षीय समझदारी भएको छ । कोभिड-१९ को विश्वव्यापी महामारीको रोकथाम नियन्त्रण तथा प्रतिकार्यका लागि सुरक्षाको मापदण्ड अपनाउँदै बैंक र परिषदबीच समझदारी भएको हो । 

कार्यक्रममा कार्यालय प्रमुख रामराज भट्टराईले समाज कल्याण परिषद्ले अनलाइन भुक्तानी कार्य सुरु गरेकोमा खुसी व्यक्त गर्दै एनएमबी बैंकलाई धन्यवाद ज्ञापन गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

साथै एनएमबी बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले पनि नगद सहितबाट नगदरहित समाज निर्माणतर्फ उन्मुख हुन तथा आफ्ना मूल्यवान ग्राहकलाई डिजिटल भुक्तानीमा अभिप्रेरित गर्न होस्टेमा हैँसे गर्ने प्रयास रहेको बताएका थिए । 

कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा.पदमप्रसाद खतिवडा, सदस्यसचिव पुष्कर खाती, प्रशासन प्रमुख सञ्जयकुमार मल्लिकले पनि अनलाइन भुक्तानी सम्बन्धमा धारणा राखेका थिए । 

समाज कल्याण परिषद् अन्तर्गत आवद्ध भएका भृकुटीमण्डप परिषद भित्रका २,००० सदस्यहरु लगायत ५०,००० भन्दा बढी गैरसरकारी संस्था र २०० भन्दा बढी अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले उक्त भुक्तानी प्रणालीबाट लाभान्वित हुने विज्ञप्तिमा उल्लेख छ । 

एनएमबी बैंकले हाल देशभर १८१ शाखा, १३७ एटिएम, ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया