आजको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका सबै पक्षको मत लिने तयारी गरेका छन् ।
यसअघि उनलाई जसपाको उपेन्द्र यादव तथा डा. बाबुराम भट्टराई पक्षधरले विश्वासको मत दिने बताइसकेका छन् ।
प्रधानमन्त्रीबाट एमाले अध्यक्ष केपी शर्मा ओली बाहिरिएपछि जसपाको महन्थ ठाकुर तथा राजेन्द्र महतो समूहका कम्तिमा पनि चार सांसद उपेन्द्र यादव पक्षमा खुलिसकेका छन् ।
यहीबीच बानेश्वर संसद भवनमा जसपा अध्यक्ष महन्थ ठाकुर र शरदसिंह भण्डारीले भेटघाट गर्ने भएका छन् । उनीहरुको यो भेटमा प्रधानमन्त्री देउवाले ठाकुरलाई आफूलाई विश्वासको मत दिन अनुरोध गरेका छन् ।
स्रोतका अनुसार ठाकुर पक्ष पनि यसमा सकारात्मक देखिएको छ । आफूनिकट सांसदहरु यादव पक्षमा लाग्न थालेपछि ठाकुरले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन सक्ने सम्भावना बढेको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।