दीपकराज गिरीले उखानमै देखे ओली, प्रचण्ड, देउवा र नेपालको राजनीतिक अवस्था

चर्चित हास्यकलाकार दीपकराज गिरीले पछिल्लो राजनीतिक परिदृश्यमा नेपालका राजनीतिक नेताहरुको अवस्थालाई उखानमा समेटेर वर्णन गरेका छन् । 

गिरीले अहिलेको परिस्थितिमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको अवस्था उखानमा वर्णन गरेका हुन् । 

गिरीले वर्णन गरेअनुसार नेताहरुको पछिल्लो समयमा राजनीतिक अवस्था निम्नानुसार रहेको छ :-

केपी शर्मा अ‍ोली : मेरो गोरुको बाह्रै टक्का
प्रचण्ड : वल्ला घरका नरे, पल्ला घर सरे
शेर बहादुर देउवा : आए आँप, गए झटारो 
माधव नेपाल : नखाऊँ भने दिनभरीको शिकार, खाउँ भने कान्छा बाउको अनुहार

 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १७:६:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया