राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भीम रावलले राजीनामा दिनु प्रशंसनीय कदम भएको बताएका छन् ।
विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजीनामा दिएर उनले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको थापाले बताएका छन् ।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा रावलको अडान प्रशंसनीय रहेको थापाले बताए ।
आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिने भएपछि एमाले नेता रावलले संसद पदबाट राजीनामा घोषणा गरेका छन् ।
विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर @BhimRawal179 ले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना
— Kamal Thapa (@KTnepal) July 18, 2021
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।