प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा बोल्दै नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा एमाले नेताहरुको अहंकार कारण यो अवस्था आएको बताएका छन् ।
उनले पूर्वप्रधानमन्त्री तथा एमालेका नेताहरुको नाम नलिएरै उनीहरुको कडा आलोचना गरेका छन् ।
‘सत्तामा आफूसँग बस्नेहरुसँगको सम्मानको भाग हुनेछ भन्ने हामीले देखाउनेछौँ,’ उनले भने, ‘विपी कोइरालाको पार्टीका मानिसहरु हौँ हामी ।’
उनले अदालतले सधैं न्याय दिइरहेको र अदालतको विशिष्टतालाई सम्मान गर्नु पर्ने बताएका छन् ।
उनले अहिलेको संविधान विशिष्ट भएको र अदालतले समस्या भएका समयमा राम्रो काम गर्दै आएको पनि बताएका छन् । उनले अब हिजोका समस्याहरु फेरि नेपालीले भोग्न नपर्ने पनि बताएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।