कैलालीमा ‘हाम्रो प्रहरीसँग हामी’ कार्यक्रम

कैलाली प्रहरी जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन नयाँ कार्यक्रम ल्याएको छ । जिल्लामा भर्खरै सरुवा भएर आएका प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले यस्तो कार्यक्रम ल्याएका हुन् । उनले जनतासँगको सम्बन्ध थप प्रगाढ बनाउन यस्तो कार्यक्रम ल्याएको पत्रकार भेटघाट कार्यक्रम गरी सार्वजनिक गरेका हुन् । 

उनले कैलालीमा लागुऔषध काराेबारीहरु पनि विशेष निगरानीमा रहने बताएका छन् । ‘लागुऔषधले गर्दा अपराधका घटना बढाएको छ’, उनले भने, ‘जिल्लाका १३ वटै प्रहरी युनिटहरुमा विशेष निगरानी बढाइनेछ ।’ लागुऔषध नियन्त्रणका लागि ‘भविष्य बचाउ’ भन्ने मूल नाराका साथ अगाडि बढ्ने उनले बताए ।

उनले समाजमा अपराधजन्य घटना न्यूनीकरणका लागि समुदायको सहयोग र सहकार्य रहने अपेक्षा व्यक्त गरे । एसपी अधिकारीले प्रहरीमा बिचौलियाहरुलाई निषेधको नीति लिइने बताए । प्रहरीसँग आएका गुनासा र समस्याका बारेमा आफू गम्भीर रहेको उनले उल्लेख गरे ।

अधिकारीले सबै पक्षसँगको सहकार्यमा जिल्लामा शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध रहेको बताए । ‘कैलाली सुदूरपश्चिमको राजधानी भएकाले पनि जिल्लालाई हरेक हिसाबले नमुना बनाउन उत्कृष्ट काम गर्ने प्रयास मेरो रहनेछ,’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हामी नागरिकको प्रहरी भएकाले यहाँका प्रत्येक नागरिकमा सोही खालको भावना रहनेछ भन्नेमा विश्वस्त छौँ ।’

उनले बढ्दो सवारी दुर्घटना, जघन्य अपराध नियन्त्रण गर्न आफ्नो पहिलो प्राथमिकता रहने बताउँदै त्यसका लागि हरेक नागरिकले प्रहरीलाई सहयोग गर्नेमा आशावादी रहेको बताए । एसपी अधिकारी प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा व्यवस्थापन निर्देशनालय अंगरक्षक गण नक्सालबाट सरुवा भएर कैलाली प्रहरीको नेतृत्व सम्हालेका हुन् ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:२८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया