पार्टी एकता गरेकाले पछुताए प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता गरेर आफूले गम्भीर गल्ती गरेको बताएका छन् । संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि आफ्नो धारणा राख्दै प्रचण्डले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पार्टी एकता प्रस्ताव लगेर गम्भीर गल्ती गरेको बताएका हुन् ।

आइतबार संसदमा बोल्दै प्रचण्डले भने, ‘दुई तिहपाइको प्रधानमन्त्रीले पटक पटक संसद विघटन गरेर देशलाई दुर्घटनामा लैजाने काम पहिलो पटक भएको हो ।’ उनले यसअघि बोलेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीको भनाइलाई काट्दै यसो भनेका हुन् ।

उनले यस्तो दुर्दशा हुने थाहा पाएको भए आफूले एकता प्रस्ताव नै नगर्ने पर्ने रहेको बताएका छन् ।

‘नेपालको इतिहासलाई कसैले बङ्ग्याउने प्रयास नगरौँ,’ उनले भने ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:३६:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया