देउवाजीलाई अदालतले प्रधानमन्त्री बनाएको होइन, बहुमत सांसदको समर्थनलाई अनुमोदन गरेको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई अदालतले प्रधानमन्त्री नबनाएको बताएका छन् । अदालतले बहुमत सांसदको समर्थनलाई अनुमोदन मात्रै गरेको उनको भनाइ छ । 

आइतबार संसदमा सम्बोधन गर्ने क्रममा उनले राष्ट्रपतिबाट भेदभाव भएको बताएका छन् । १४९ जनाको प्रमाणित हस्ताक्षरसहित गएका आफूहरु र १५३ जनाको समर्थन रहेको भन्ने केपी ओलीको दाबीलाई एउटै कोटीमा राख्ने राष्ट्रपतिको व्यवहार विभेदकारी भएको उनले बताए ।

राष्ट्रपति आफैँले बहुमत जुटाउन गरेको आग्रहअनुसार आफूहरुले कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा बहुमत जुटाएर राष्ट्रपतिकहाँ बुझाएको उनले बताए । अदालतले सो हस्ताक्षरका आधारमा सत्यको पक्षमा निर्णय गरेकाले देउवा बहुमत सांसदको प्रधानमन्त्री भएको दाहालले दाबी गरे ।  





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:३८:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया