अदालतलाई धन्यवाद दिए प्रचण्डले, ओलीलाई भने– अहंकारले इतिहास निर्माण हुँदैन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद पुनस्र्थापना गरिदिएकाले सर्वोच्चलाई धन्यवाद दिनु पर्ने बताएका छन् ।

‘अहिले प्रतिपक्ष दलका साथीहरुलाई पनि संसद फेरि ब्यूँतिएकाले आनन्द भएको छ, म बुझ्छु नि,’ प्रचण्डले आइतबार संसदमा भने, ‘नेपालको संविधानको ७६ (५)लाई निकै राम्रोसँग व्याख्या गरिदिएको छ, यसले हामीलाई सर्वोच्चलाई धन्यवाद दिनुपर्छ ।’

उनले इतिहासलाई कसैले पनि बिर्सन नहुने भन्दै माओवादी केन्द्रको योगदान पनि नबिर्सिन अनुरोध गरेका छन् ।

‘माओवादी केही पनि होइन, यसलाई मिचिदिए हुन्छ भन्ने ठाने केही साथीहरुले,’ प्रचण्डले भने, ‘मैले त पटकपटक भनेको छु, आगोसँग खेल्ने काम त्यति राम्रो हुँदैन । आगोलाई इनर्जीमा परिणत गर्न ल्याइएको छ, यसलाई अपमानित गर्न थाल्नु भयो भने आगो सल्किन थाल्छ ।’

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यक्तिगत अहंकारले इतिहास निर्माण नहुने पनि बताएका छन् । उनले ओलीको अहंकारको फल भोगेको र भोग्दै जाने पनि बताएका छन् ।

आइतबार संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि प्रचण्डले यस्तो बताएका हुन् । उनले संसदका सबैले कांग्रेस सभापति समेत रहेका देउवालाई विश्वासको मत दिन पनि अनुरोध गरेका छन् ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:४२:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया