संसदमा महन्थ ठाकुरले भने– हामीलाई पनि बन्दुक चलाउन आउँछ

आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत मागेपछि संसदमा सम्बोधन गर्दै जसपा अध्यक्ष महन्थ ठाकुरले आफूहरुलाई पनि गोली चलाउन आउने बताएका छन् ।

‘प्रहरीले बन्दुक चलाउन जानेको छ, उसले यसका लागि तालिम लिएको छ,’ ठाकुरले भने, ‘गोली त हामीलाई पनि चलाउन आउँछ । हामीले पनि सिकेका छौँ ।’

ठाकुरले आफ्नो सम्बोधनमा रेशम चौधरीको प्रसंग पनि निकालेका थिए । उनले आफ्ना एक सांसद अहिले पनि जेलमा रहेको प्रसंग निकालेका छन् ।

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना केही मुद्दाहरुलाई निकालेर ठिक गरेको पनि बताएका छन् । ‘उहाँले हाम्रा माग र मुद्दा केही भए पनि सम्बोधन गर्नु भएको छ,’ ठाकुरले भने, ‘उहाँलाई धन्यवाद छ ।’





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार १९:४९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया