बाह्य शक्तिहरुको चलखेल रोक्न एकजुट बनौँ : भट्टराई

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले नेपालमा बाह्य शक्तिहरुको चलखेल बढेको बताएका छन् । 

आइतबार संसदमा सम्बोधन गर्दै भट्टराईले बाह्य चलखेलका कारण अहिलेसम्मका सबै उपलब्धि गुमाउने खतरा पैदा भएको बताएका हुन्।

देशलाई अध्याँरो सुरुङमा धकेल्ने र दृश्य–अदृश्य भित्री–बाहिरी शक्तिहरुको चलखेलले सबै उपलब्धिलाई गुमाउने खतरा पैदा भएको उनको भनाइ छ । 

निवर्तमान प्रधानमन्त्री केपी ओलीप्रति संकेत गर्दै उनले भष्मासुर प्रवृत्तिका कारण व्यवस्था नै संकटमा पर्न खोजेको बताए । 

अहिलेसम्म प्राप्त भएको उपलब्धि आधा मात्रै भएको भन्दै उनले ओलीले त्यही आधा गिलासलाई घोप्ट्याएको तर आफूहरुले कमसेकम आधा गिलास भने पनि फिर्ता गर्न लागेको बताए । 





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २०:३६:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया