हामी अभागीलाई खाने बेलामा रिस उठ्यो, हामी एकढिक्का भएको भए आफैँले निकास दिन सक्थ्यौँ : भट्टराई

जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा‍. बाबुराम भट्टराईले आफ्नै पार्टीका अध्यक्ष महन्थ ठाकुरप्रति व्यंग्य गरेका छन् । 

प्रधानमन्त्री पद पाउन सक्ने बेलामा पार्टी नै विवादको भूमरीमा फसेको संकेत गर्दै उनले अभागीलाई खाने बेलामा रिस उठ्ने नेपाली उखानको स्मरण गरेका । 

वैकल्पिक सरकार गठन गर्ने बेलामा जनता समाजवादी पार्टी विभाजित हुँदा अरु पार्टीमा पनि समस्या देखिएको उनको भनाइ थियो ।  

जसपा पार्टीभित्रको विवादका कारण देशमा संकट आइलागेको उल्लेख गर्दै उनले भने, ‘हामी अभागीलाई खाने बेलामा रिस उठ्यो, हामी एकढिक्का भएको भए हामी जनता समाजवादी पार्टी आफैँले निकास दिन सक्थ्यौँ, हामी आपसमा झगडा गर्न थाल्यौँ ।’ 

ढिलै भए पनि साथीहरु ठीक ठाउँमा आइपुगेको भन्दै उनले आगामी दिनमा मिलेर अघि बढ्न आग्रह गरे ।





  • प्रकाशित मिति : साउन ३, २०७८ आइतबार २०:४२:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया