ओपोद्वारा रेनोभेटर्स २०२१ इमर्जिङ आर्टिस्ट प्रोजेक्ट घोषणा

ओपोले आधिकारिक रूपमा ओपो रेनोभेटर्स २०२१, इमजिङ आर्टिस्ट प्रोजेक्टको तेस्रो संस्करण घोषणा गरेको छ । विश्वभरका कला तथा प्रविधि प्रेमीहरूको प्रतिस्पर्धा गर्नका लागि नयाँ प्रविधि मार्फत तेस्रो संस्करण सहित ओपोले सो प्राजेक्ट घोषणा गरेको हो । 

विश्वभर रेनोभेटर्स कार्यक्रमको थालनी मार्फत ओपोले उदयमान कलाकारहरूका लागि तिनका काम प्रदर्शित गर्ने तथा स्थापित कलाकारहरूसँग प्रेरित हुँदै मार्गदर्शन प्राप्त गर्ने उद्देश्यसहित नयाँ कार्यक्रम ल्याएको जारी विज्ञप्तिमा उल्लेख छ । 

रेनोभेटर्सले नयाँ सिर्जना

ओपो रेनोभेटर्सले नयाँ सिर्जनाकारहरूलाई प्रविधि मार्फत आफ्ना सिर्जना तथा सोच प्रस्फुटनका लागि प्रेरित गर्छ । ओपोका ग्लोबल मार्केटिङ विलियमले भने, ‘ओपोले सधैँ नै श्रृजनात्मक युवा पुस्ताका शक्तिमाथि विश्वास गर्दै तिनका उत्कृष्टता विश्वका सामु ल्याउने चाहना बोकेको छ । विश्व बदल्ने प्रेरणा आजका युवा पुस्ता माझबाटै आउने सम्भावना प्रबल छ । त्यसैले हामी तिनका रचनात्मक सोचलाई सार्थकता दिन सदैव तत्पर छौँ ।’

रेनोभेर्सको थिम प्रकाश

यस वर्षको रेनोभेर्स कार्यक्रमको थिम (विषय) प्रकाश हो । अधिकांश जीवनका लागि अपरिहार्य अंग तथा पृथ्वीमा शक्तिको प्रमुख श्रोतका रूपमा प्रकाशलाई सधैँ माया तथा आशा जस्ता सकारात्मकताको प्रतिकका रूपमा लिने गरिन्छ । प्रकाशको न्यानोपन तथा चमक मार्फत शान्ति र आशावादको प्रत्याभुति दिन सकिने र यसै मार्फत युवा रचनाकारहरूलाई कलाको नयाँ सीमा कोर्दै तिनको श्रृजनशीलताका लागि झिल्का प्रदान गर्न सकिने विज्ञप्तिमा उल्लेख छ । 



कलाकारका लागि ग्लोबल स्टेज

ओपो रेनोभेटर्स २०२१ले कार्यक्रममा सहभागी प्रतिभावान कलाकारहरूको विकासका लागि ग्लोबल संसाधन प्रयोगमा ल्याउनेछन् । विभिन्न उपहार तथा अवार्डका साथै छनोटमा परेका कलाहरू लन्डन डिजाइन फेस्टिवल र दुबई वल्र्ड एक्स्पो जस्ता ग्लोबल एग्जिबिसन तथा ग्लोबल अनलाइन एग्जिबिसनमा प्रदर्शित हुने कम्पनीले जनाएको छ । 



प्रतिस्पर्धाको अन्तिम नतिजा सेप्टेम्बर १८ मा घोषणा गरिनेछ ।


 

  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ७:१५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया