ओखलढुंगामा आगलागी हुँदा चार वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका-६ मा आइतबार दिउँसो भक्तीशरी राईको गोठमा आगलागी हुँदा समिता राई खड्काकी चार वर्षीया छोरी धनकुमारी खड्काको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार गोठमा रहेका दुईवटा गाई र चारवटा खसीबाख्रा पनि जलेर नष्ट भएका छन् ।
बालिकाले लाइटर चलाउँदा गोठमा आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।