भष्मासुरलाई बिदा गरियोः डा. बाबुराम भट्टराई

निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति आलोचनात्मक विचार राख्दै आएका डा. बाबुराम भट्टराईले प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासको मत पाएपछि ट्विटरमा एक प्रतिक्रिया लेखेका छन् ।

उनले ट्विटरमा अन्ततः भष्मासुरलाई बिदा गरिएको उल्लेख गरेका छन् । उनले योसँगै संसदको पूर्ण कार्यकालको पनि सुनिश्चितता गरिएको ट्विटरमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्रीमा देउवाले विश्वासको मत पाएसँगै उनले लेखेको ट्विटमा नेकपाको दुई तिहाइ बहुमत अब कांग्रेस गठबन्धनमा सरेको पनि उल्लेख गरेका छन् ।

‘१२ बुँदे समझदारी र शान्ति सम्झौताका सहकर्मीहरुको टुटेको कडी जोडियो,’ उनले लेखेका छन्, ‘पर्दा पछाडिका खेलाडीहरुको खेलमा तत्काल विराम लाग्यो ।’





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ७:५३:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया