‘अबदेखि बालुवाटरमा पार्टीकाे कुनै पनि बैठक बस्ने छैन’- गगन थापा

नेपाली कांग्रेसका सांसद गगन थापाले अबदेखि बालुवाटारमा पार्टीकाे कुनै पनि बैठक नबस्ने जानकारी दिएका छन् ।

थापाले फेसबुकमा पाेस्ट गर्दै यस्ताे जानकारी दिएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्,‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौँ । उहाँले ‘पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हाे,तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न'भन्ने विश्वास दिलाउनु भएको छ।’ 

गगनले अन्त्यमा थपेका छन्,‘प्रधानमन्त्रीज्यु यो विश्वासलाई कायम राखिदिनु होला ।’





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार ८:४३:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया