निर्देशक अनन्तको ‘अटुट प्रेम’ सार्वजनिक

निर्देशक अनन्तप्रसाद तिमिल्सिनाको सर्ट फिल्म ‘अटुट प्रेम’ सार्वजनिक भएको छ । महेश खड्का र समिया कार्कीले शीर्ष भूमिकामा रहेर अभिनय गरेको यो सर्ट फिल्म पानस मिडियाले निर्माण गरेको हो ।

१८ मिनेट लामो सर्ट फिल्ममा दाजुभाइ बीचको आत्मिय सम्बन्ध र बेरोजगारीको पीडालाई उठान गरिएको छ । परिवारमा एक–अर्काप्रतिको सम्मान नहुँदा सिंगो परिवार कस्तो अवस्थामा पुग्छ भनेर देखाइएको छ ।

‘अटुट प्रेम’को कथा निर्देशक तिमिल्सिनाले नै लेखेका हुन् । तारा थापा किम्भेको सम्पादन रहेको सर्ट फिल्ममा खुशी तिमिल्सिना र अरोज तिमिल्सिनाले लगानी गरेका हुन् ।





  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार १३:२७:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया