बिपी शुद्धीकरणको आन्दोलन : कार्यदलले काम थाल्यो, ओपिडी सेवा सुचारु

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आन्दोलन र त्यहाँका आन्दोलनरत चिकित्सक कर्मचारीको माग सम्बोधन गर्न बनेको उच्चस्तरीय कार्यदलले छलफल थालेको छ ।

कार्यदलले आजै आन्दोलनरत चिकित्सक र कर्मचारीसँग छलफल गरेको हो । छलफल पछि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको सुधारका लागि आन्दोलनरत चिकित्सक, कर्मचारी र विद्यार्थीले ओपिडी बन्दको आन्दोलन फिर्ता लिएका छन् ।

कार्यदलसँगको छलफलपछि पदाधिकारीको कार्यकक्षमा तालाबन्दी गरी ओपिडी बहिष्कारको आन्दोलन थालेको संघर्ष समितिले ओपिडी सेवा सुुरु गरेको संघर्ष समितिका संयोजक डाक्टर एसपी रिमालले बताए ।

प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा.वैकुण्ठ अर्यालको संयोजकत्वमा गठन भएको कार्यदल सोमबार धरान आइपुगेको थियो । प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले बिहीबार ८ सदस्यीय कार्यदल गठन गरेका थिए ।

प्रतिष्ठान सुधारको माग राख्दै कर्मचारी, चिकित्सक र विद्यार्थी असार १ गतेबाट आन्दोलनमा छन् । टोलीसँगको छलफलपछि ओपिडी बन्दको आन्दोलन फिर्ता लिए पनि अन्य आन्दोलनको कार्यक्रम जारी राख्ने रिमालले  बताए । 

कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सामाजिक विकास तथा रुपान्तरण महाशाखाका सहसचिव शंकर नेपाल, शिक्षा मन्त्रालयका सहसचिव डा. वैकुण्ठ लम्साल, स्वास्थ्य मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी, कानुन मन्त्रालयका सहसचिव सुशील कोइराला, महालेखा नियन्त्रकको कार्यालयका सहमहालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल र सार्वजनिक खरिद अनुगमन कार्यालयका सहसचिव विष्णु कोइराला र प्राध्यापक डा. सञ्जीव शर्मा सदस्य छन् ।



समितिलाई १५ दिनभित्र प्रतिवेदन बुझाउने समय दिइएको छ ।



  • प्रकाशित मिति : साउन ४, २०७८ साेमबार २०:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया