चीनमा नयाँ भाइरस मंकी बी, एक व्यक्तिको मृत्यु

सन् २०१९ को डिसेम्बर महिनामा चीनको वुहानमा देखिएको कोरोनाभाइरसका कारण अहिले पनि विश्व त्रसित छ । अब फेरि चीनमा एउटा नयाँ भाइरस देखिएको छ जसका कारण एक व्यक्तिको मृत्यु भएको पुष्टि भइसकेको छ ।

चीनको बेइजिङमा मंकी बी नामको भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको हो । 

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले यसको पुष्टि गरेको छ । ग्लोबल टाइम्सको समाचारअनुसार बेइजिङमा जनावरका एक चिकित्सक मंकी भाइरसका कारण केही दिनदेखि बिरामी परेका थिए । अब उनको मृत्यु भएको छ ।

यो भाइरस पनि संक्रामक भाइरस हो । तर, उनीसँग यसबीचमा सम्पर्कमा रहेका व्यक्तिहरु पूर्ण रुपमा स्वास्थ्य भएको पनि ग्लोबल टाइम्स पत्रिकामा उल्लेख गरिएको छ ।

५३ वर्षका यी पशु चिकित्सक एक इन्स्टिच्युटमा रिसर्चमा व्यस्त थिए । उनले मार्च महिनामा दुई मृत बाँदरमाथि अध्ययन गरेका थिए । त्यसको एक महिनामा नै उनमा भाइरस संक्रमणको लक्षण देखिएको थियो ।

गत शनिबार चिनियाँ एक पत्रिकाले यो जानकारी दिएको हो । त्यो पत्रिकाका अनुसार यी व्यक्तिले केही अस्पतालहरुमा उपचार पनि गरेका थिए । तर, उनको २७ मेमा मृत्यु भएको हो ।



र, मंकी बी भाइरससँग जोडिएको यो पहिलो घटना भएको पनि चिनियाँ मिडियाहरुले जनाएका छन् । मानवमा पहिलो पटक यो भाइरस देखिएको र यो भाइरसका कारण मानिसको मृत्यु पहिलो पटक भएको पनि चिनियाँ अधिकारीहरुले जनाएक छन् ।

तर, यो भाइरस पहिलो पटक देखिएको चाहिँ होइन । यो सबैभन्दा पहिले सन् १९३२ मा पहिचान गरिएको थियो । यो भाइरससँग सिधै सम्पर्क हुँदा वा शारीरिक स्रावहरुका कारण यसको संक्रमण हुने बताइएको छ । भाइरस संक्रमण भएको खण्डमा ७० देखि ८० प्रतिशत मृत्यु दर भएको पनि बताइएको छ । 



चिनियाँ पत्रिकाले यसले अब समस्या निम्त्याउन सक्ने भन्दै यसको रोकथाम गरिनु पर्ने जनाएको छ ।

हर्पिस बी भाइरस भनेर पनि चिनिने मंकी भाइरस वयस्क बाँदरहरुमा भेटिने एक भाइरस हो । यो मानिसमा सर्ने सम्भावना कम भए पनि यसका कारण मस्तिष्कमा समस्या देखिने वैज्ञानिकहरुले बताएका छन् ।

अनि मानिसमा सरेको एक महिनामा यस भाइरसका लक्षण देखिन्छन् । सुरुवाती चरणमा ३ देखि ७ दिनसम्ममा लक्षण देखिने बताइएको छ । ज्वरो आउने, फोक्सोमा समस्या हुने यस भाइरस संक्रमणका लक्षण हुन् ।

  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:२६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया