[भिडियो] विदेश जाने छोराछोरीको लगेजमा आमाको मायाः यसरी समस्यामा पर्छन् विदेशी विमानस्थलमा

अध्ययनका लागि विदेश जाने छोराछोरीको लगेजमा धेरै सामान अटोस्, नेपाली सामान लगेर उनीहरुले विदेशमा पनि नेपाल र आफ्नो हातलाई मिस गर्न नपरोस् भन्ने धेरै नेपाली आमाको सोच हुन्छ । 

यो हो, उनीहरुले आफ्ना सन्तानप्रति माया र ममता ।

तर, यही कारण विदेशी विमानस्थलमा ती छोराछोरीले कस्तो दुःख पाइरहेका हुन्छन् ? यसबारे खासै कसैले सोचिरहेको हुँदैन होला । 

केही दिन यता सामाजिक सन्जाल फेसबुक र ह्वाट्सयापमा एउटा भिडियो चाहिँ राम्रै सेयर भएको छ । यो भिडियोले खासमा यस्तो गर्दा कति समस्या विमानस्थलमा पर्छ भन्ने स्पष्ट देखाउँछ । 

भिडियो अष्ट्रेलियाको ब्रिजबेन विमानस्थलको हो । नेपालबाट अध्ययनका लागि गएका दुई जनाले स्याउ मात्र होइन, मूलाको बिउसमेत लिएर गएका छन् । अनि छ, हर्लिक्सको पुरानो बट्टामा नजेपालको ओरिजिनल घिउ । 

उनीहरुसँग छ, केही स्याउ र अरु खानेकुरा । 



विमानस्थलमा सुरक्षाकर्मीको कुकुरले पहिलोपटक यी सामान देख्दा अचम्म मान्ने मात्रै होइन, यी नेपाली विद्यार्थीलाई कारवाही पनि गरेका छन् । हेर्नुस् भिडियोः



  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार ७:४३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया