नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल भेट्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोटेश्वरस्थित उनको निवासमा पुगेका छन् ।
उनी मंगलबार विहान कोटेश्वर पुगेका हुन् ।
आजको भेटमा प्रचण्डले सरकारमा सहभागी हुन नेपाललाई अनुरोध गरेको स्रोतले बताएको छ ।
प्रचण्ड नेपाल निवासबाट बाहिरिएको केही समयमा नै जसपा अध्यक्ष उपेन्द्र यादव पनि नेपाल निवास पुगेका छन् । उनले पनि नेपालसँग सरकारमा आफ्नो सहभागिताबारे छलफल गरेको स्रोतको दाबी छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।