बालुवाटारमा प्रधानमन्त्री देउवा–प्रचण्डबीच छलफल सुरु

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच वार्ता सुरु भएको छ । 

आजै विहान नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग भेटेपछि प्रचण्ड बालुवाटार पुगेका हुन् । 

नेपालनिवास कोटेश्वरमा प्रचण्डको जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि वार्ता भएको थियो । 

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको यो गोप्य भेटलाई विशेष अर्थमा हेरिएको छ । यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका देउवाले सरकारको विस्तारबारे पनि प्रचण्डसँग छलफल गर्दैछन् ।





  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १०:४९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया