सन्दीप लामिछानेले ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता गुमाउन सक्ने

नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले पहिलोपटक आयोजना हुन लागेको‘द हन्ड्रड’ क्रिकेट प्रतियोगिता गुमाउन सक्ने सम्भावना बढेको छ ।

लेग स्पिनर सन्दीपले प्रतियोगिताको सुरुवाती खेल गुमाउने पक्का भइसकेको अवस्थामा पुरै खेल गुमाउन सक्ने क्रिकेटसम्वन्धी वेब साइट इएसपिएन क्रिकइन्फोले जनाएको छ ।

क्रिकइन्फोले सन्दीपको भिसा समस्याका कारण प्रतियोगिता नै गुमाउन सक्ने बताएको छ । उनले टिएर ५ भिसा पाए पनि खेलका लागि अनुमति पाएका छैनन्।

बिहीबारबाट सुरु हुने प्रतियोगितामा सन्दीप ओभल इन्भिन्सिबल्समा अनुवन्ध भएका छन् । उनलाई क्लबले ६० हजार पाउन्डमा टिममा भित्र्याएको हो ।

ओभलका कप्तान साम विलिङ्सले सन्दीपले खेल्ने वा नखेल्ने केही टुंगो नलागेको बताएका छन् । क्लबले भने कुनै आधिकारिक धारणा व्यक्त गरेको छैन ।

सन्दीप गत असार २४ मा इंग्ल्यान्ड पुगेका थिए । उनले बेलायत सरकारको नियम अनुसार १० दिनको क्वारेन्टाइन बसाइ पनि पूरा गरिसकेका छन् ।



क्रिकइन्फोका अनुसार यदि सन्दीपले खेल्न नपाएको अवस्थामा ओभलले उनको स्थानमा दक्षिण अफ्रिकाका बलर तावरेज शाम्सीलाई भित्र्याउने तयारी गरेको छ । 

प्रतियोगिताको उद्घाटन खेलमा ओभल इन्भिन्सिबल्सले म्याचेस्टर ओरिजिनल्ससँग प्रतिस्पर्धा गर्नेछ । 



  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १२:१६:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया