देउवाले मन्त्रिपरिषद् विस्तार गर्न एमालेका दुवै पक्षको निर्णय कुर्ने

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारका लागि नेकपा एमालेको निर्णय कुर्ने भएका छन् । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालका पक्षहरुले गर्ने निर्णयअनुसार उनले मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन् । 

नेकपा एमाले आज ओली पक्षधरले केन्द्रीय कमिटी बैठक गर्दैछ । 

त्यस्तै, नेपालपक्षीय नेताहरुको आज छलफल हुँदैछ । 

यी दुवै समूहले के निर्णय गर्छन्, त्यही आधारमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी देउवाले गरेका हुन् । देउवाले यो साताभित्र मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् ।

त्यसका लागि उनले आज विहान मात्र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।






  • प्रकाशित मिति : साउन ५, २०७८ मंगलबार १३:३२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया