राज कुन्द्राबारे मुख खोलिन् कंगनाले

अभिनेत्री कंगना रनौट बलिउडमा आफ्नो स्वतन्त्र अभिव्यक्तिका कारण चर्चित छिन् । हुन पनि उनी जे विषयमा पनि निर्धक्कका साथ आफ्ना कुराहरु राख्छिन् ।

यहीबीच कंगनाले शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रा पक्राउ परेको विषयमा पनि आफ्नो धारणा राखेकी छिन् । उनले भारतमा बलिउडमा मात्र नभएर विभिन्न क्षेत्रमा यस्तो भएको बताएकी छिन् ।

मुम्बई प्रहरीले सोमबार राति राज कुन्द्रालाई पोर्नोग्राफीमा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो । 

यही विषयमा लेख्दै कंगनाले भनेकी छिन्– यही कारण त म फिल्मी दुनियाँलाई गटर भन्ने गरेकी छु, सबै चम्किएका कुराहरु सुन हुँदैनन्, म अरु थप कुराहरु पनि उदांगो पार्नेछु ।






  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ६:३०:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया