चाहरको सानदार प्रदर्शन, सिरिज भारतलाई
फरकधार / ६ साउन, २०७८

घरेलु टोली श्रीलंकाविरुद्ध ३ खेलको एक दिवसीय सिरिज अन्र्तगत दोस्रो खेलमा भारत विजयी भएको छ । उसले मंगलबार भएको खेलमा ३ विकेटको  जित हात पारेको हो ।

यो जितसँगै भारतले एक खेल अगावै सिरिजमाथि कब्जा जमाएको छ ।

दिपक चाहर र सूर्यकुमार यादवले उत्कृष्ट प्रदर्शन गरेपछि श्रीलंकाले दिएको २७६ रनको लक्ष्य भारतले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पुरा ग¥यो ।

८२ बलको सामना गरेका चाहरले ७ चौका र १ छक्काको मद्दतले अविजित ६९ रन बनाए । यादवले ४४ बलमा ६ चौका सहित ५३ रन प्रहार गरे ।

मनिष पान्डेले ३७ र कुर्नाल पान्डेयले ३५ रनको योगदान दिँदा भुवनेश्वर कुमार १९ रनमा अविजित रहे । 

श्रीलंकाका विनान्दु हसरंगाले ३, कासुन राजिथ, लक्सन सन्दाकन र दासुन शनाकाले समान १–१ विकेट हात पार्दा एक विकेट रन आउटका रुपमा प्राप्त भयो । 

यसअघि कोलम्बोस्थित आर प्रेमादासा स्टेडियममा टस जितेर ब्याटिङ रोजेको श्रीलंकाले निर्धारित ५० ओरभमा ९ विकेट गुमाउँदै २७५ रनको योगफल तयार पारेको थियो । 

उसका लागि चारिथ अस्लंका र आभिष्का फर्नान्डोले अर्धशतकीय पारी खेले । ६८ बलको सामना गरेका अस्लंकाले ६ चौकाको मद्दतमा ६५ रन बनाए ।

फर्नान्डोले ७१ बलमा ४ चौका र १ छक्का सहित ५० रन प्रहार गरे । चमिका करुणारत्नेले अविजित ४४ रन, मिनोद भानुकाले ३६ र धनन्जय डि सिल्भाले ३२ रनको योगदान दिए ।

भारतका भुवनेश्वर र युजवेन्द चहलले समान ३–३ र दिपक चाहरले २ विकेट हात पार्दा १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।

जितसँगै भारतले सिरिजमा २–० को अग्रता बनाएको छ । पहिलो खेलमा भारत ७ विकेटले विजयी भएको थियो तेस्रोे तथा अन्तिम खेल २३ जुलाईमा हुनेछ । 

  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ६:३४:१३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया