बालुवाटारमा प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटघाट

बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार विहानै जसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटघाट गरेका छन् ।

यी दुईबीच भएको भेटघाटमा यसअघि गरिएका सम्झौता पालना गर्नु पर्ने विषयमा छलफल भएको स्रोतले जनाएको छ । जसपाले ३ साउनमा अचानक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासतको मत दिने निर्णय गरेको थियो ।

प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएपछि जसपाको महन्थ ठाकुर पक्ष पनि सरकारमा सहभागी हुनसक्ने सम्भावना बढेको छ । 

आज प्रधानमन्त्रीसँगको भेटमा यी दुईबीच यस विषयमा पनि छलफल भएको स्रोतको दाबी छ । प्रधानमन्त्री देउवाले यही साताभित्र मन्त्रिपरिषद् विस्तार गर्न चाहेका छन् ।





  • प्रकाशित मिति : साउन ६, २०७८ बुधबार ९:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया